तीन वर्षसम्म काम गर्न नपाउने गरी २१ निर्माण कम्पनी कालोसूचीमा

तीन वर्षसम्म काम गर्न नपाउने गरी २१ निर्माण कम्पनी कालोसूचीमा

केन्द्रबिन्दु
448
Shares

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती कम्पनीलाई कालोसूचीमा राखेको हो ।

विभिन्न २१ निर्माण व्यवसायी तथा आपूर्ति कर्तासँग कुनै कारोबार नगर्न सरकारले सूचनामार्फत आग्रह गरेको छ । कालोसूचीमा परेका कम्पनीहरूलाई तीन वर्षसम्म कुनै पनि सरकारी कार्यालयमा काम गर्न नपाउने गरी कारबाही गरिएको हो ।

Logo