बाढीपहिरो पीडितका लागि एमालेले सरकारी कोषमा ५० लाख जम्मा गर्ने

बाढीपहिरो पीडितका लागि एमालेले सरकारी कोषमा ५० लाख जम्मा गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेकपा एमालेले बाढी तथा पहिरो पीडितहरूलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ ।

मंगलबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेका पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले भने, ‘राज्यको तर्फबाट एक अर्ब छुट्याउने काम गरिसकेको छ । त्यसमा पनि पार्टी कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।’ यस्तैगरी उनले विपत्तिमा परेकाहरूको राहत र उद्धारमा पार्टी पंक्तिलाई खटाइएको र त्यसलाई निरन्तरता दिने पनि निर्णय भएको बताए ।

त्यस्तै, प्रतिनिधिसभा सदस्यहरूबाट पनि कोषमा सहयोग गर्नका लागि आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए ।

Logo