खोज, उद्धार र राहत वितरणमा सरकारलाई साथ दिन क्रसर महासंघको जिल्ला संघलाई अपिल

खोज, उद्धार र राहत वितरणमा सरकारलाई साथ दिन क्रसर महासंघको जिल्ला संघलाई अपिल

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । बाढीपहिरोले क्षति पुगाएका ठाउँमा खोज, उद्धार र राहत वितरणको कार्यमा सरकारी अभियानलाई साथ दिन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सबै जिल्ला संघहरूलाई अपिल गरेको छ ।

महासंघले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै सबै जिल्ला संघहरूलाई बाढी पहिरोमा परेको नागरिकको खोज तथा उद्धार र राहत वितरणमा सरकारी अभियानमा सक्रिय सहभागिताका लागि आग्रह गरेको हो ।

महासंघले मनसुनजन्य विपद्बाट सिर्जित बाढी, पहिरो र डुबानका कारण मुलुकभर आम नागरिकको जनजीवन अस्तव्यस्त हुनुको साथै जनधनको ठूलो क्षति भएको जानकारी दिएको छ ।

महासंघका अध्यक्ष सिताराम न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ हालैको मनसुनजन्य विपद्बाट सिर्जित बाढी, पहिरो र डुबानका कारण मुलुकभर आम नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । साथै जनधनको ठूलो क्षति भएको कुराबाट हामी अनविज्ञ छैनौँ । यस दुःखद् घडीमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ गहिरो दुःख व्यक्त गर्दछ । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबै व्यक्तिहरूप्रति महासंघ हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै मृतकका परिवाजनप्रति समवेदना व्यक्त गर्दछ ।’

महासंघले घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारी कदमको प्रशंसा गर्दै विपत्तिका कारण विस्थापित भएका नागरिकहरूलाई यथाशिघ्र राहत उपलब्ध गराइ उनीहरूको पुनःस्थापनाको उपयुक्त व्यवस्था गर्न सरकारसमक्ष माग गरेको छ ।

महासंघले आफ्ना सबै जिल्ला संघहरू तथा मुलुकभरका क्रसर तथा खानी उद्योग व्यवसायीहरूलाई यस प्राकृतिक विपत्तिका कारण विस्थापित सबै नागरिकहरूलाई खोज तथा उद्धार गरी राहत उपलब्ध गराउने सरकारी अभियानमा सक्रियताका साथ सहभागी हुन आग्रह गर्दै प्राकृतिक प्रकोपबाट प्रभावित सबै क्रसर तथा खानी उद्योग व्यवसायीहरूलाई आफ्नो क्षतिको विवरण महासंघको सचिवालयमा उपलब्ध गराइदिन समेत अपिल गरेको छ ।

Logo