एनआईसीसीआई र इटालीका वाणिज्यदूतबीच व्यापार सम्बन्ध विस्तारबारे छलफल

एनआईसीसीआई र इटालीका वाणिज्यदूतबीच व्यापार सम्बन्ध विस्तारबारे छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री [एनआईसीसीआई] ले कोलकातास्थित इटालीका महावाणिज्यदूत रकार्डो डल्ला कोस्टासँग उच्चस्तरीय द्विपक्षीय बैठकको आयोजना गरेको छ ।

उक्त बैठकमा एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत प्रतिमा पाण्डेको नेतृत्वमा नेपाल र इटालीबीच व्यापार सम्बन्ध सुदृढ पार्ने उद्देश्यका साथ छलफल भएको हो ।

बैठकले उत्पादन, कृषि, पर्यटन, र प्रविधि जस्ता मुख्य क्षेत्रहरूमा सहकार्यको महत्त्वलाई जोड दिएको छ । दुवै देशका लागि सम्भावित वृद्धि क्षेत्रहरू पहिचान गर्दै आगामी व्यापार मेला र व्यवसायिक फोरमहरूको योजना पनि बनाइएको छ । जसले सीमापार लगानी र साझेदारीका अवसरहरूलाई प्रोत्साहित गर्नेछ ।

दुवै पक्षले आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन साझा दृष्टिकोण पुनः पुष्टि गरका छन् । जसले नेपाल र इटालीबीचको द्विपक्षीय व्यापार र लगानीलाई प्रवर्द्धन गर्ने र दक्षिण एशियाली बजारमा पनि संलग्नता विस्तार गर्ने सम्भावनाहरू खोज्ने उद्देश्य राखेको छ ।

Logo