सिद्धार्थ बैंकका ग्राहकहरुलाई गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा ५० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा ५० प्रतिशतसम्म छुट

केन्द्रबिन्दु
266
Shares

काठमाडौं । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रालि (पर्सा, चितवन)बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ जेन-जेड खाता भएका ग्राहकहरुले चितवनको पर्सा स्थित गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रालिमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको हो ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेव केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरुमार्फत सम्पर्क गर्न सकिनेछ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी ग प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा पनि सञ्चालनम ल्याएको छ ।

Logo