हुन्डाईद्वारा ५७ वर्षमा १० करोड गाडी उत्पादन

हुन्डाईद्वारा ५७ वर्षमा १० करोड गाडी उत्पादन

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । हुन्डाई मोटर्सले १० करोड गाडी उत्पादन गरेको तथ्यांक सार्वजनिक भएको छ । कम्पनी स्थापना भएको ५७ वर्षमा हुन्डाई मोटर्सले १० करोड गाडी उत्पादन गरेको हो ।

यो उपलब्धिको सम्झनामा हुन्डाई मोटरले कोरियामा रहेको आफ्नो उल्सान प्लान्टमा आयोजित कार्यक्रममा आफ्नो १० करोडौँ र पहिलो गाडी आयोनिक ५ ग्राहकलाई डेलिभर गरेको थियो ।

यस अवसरमा बोल्दै हुन्डाई मोटरका सीईओ र अध्यक्ष जेहुन चाङले भने, ‘१० करोड सवारीसाधनको विश्वव्यापी सञ्चयी उत्पादनमा पुग्नु एउटा अर्थपूर्ण कोसेढुङ्गा हो, जुन यसबाट हुन्डाई मोटर छनोट र समर्थन गर्ने हाम्रा ग्राहकहरूलाई धन्यवाद दिन सम्भव भएको हो ।’

हुन्डाई मोटर्स १९६७ मा स्थापित भएको थियो । त्यसपछि कम्पनीले निरन्तर विस्तार गर्दै अहिले हुन्डाई मोटर कम्पनी २०० भन्दा बढी देशमा रहेको छ । जसमा नेपाल सहित भारत, टर्की, चेक रिपब्लिक, अमेरिका, अष्ट्रेलिया जस्ता देशहरू छन्।

Logo