पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो सम्पन्न

पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो सम्पन्न

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो, २०२४ सम्पन्न भएको छ । पाटन दरबार परिसरमा आयोजित उक्त प्रदर्शनी भव्य समारोहका बीच सम्पन्न भएको हो ।

ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनमा भएको एक्सपोमा साँस्कृतिक, व्यापारिक, स्थानीय परिकार तथा पर्यटन प्रवर्द्धनात्मक गरी २५ वटा स्टलहरू रहेका थिए । ती स्टलहरूको माध्यमबाट स्थानीय उद्योग व्यवसायलगायत नेपालमा पाइने खनिजसहित कला, संस्कृति, स्थानीय गरगहना तथा कलाकृतिहरू प्रदर्शन गरिएको क्लबका अध्यक्ष सज्जु व्यञ्जनकारले बताए ।

“समृद्धिका लागि सम्पदा संरक्षण” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमबाट धार्मिक, आध्यात्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्त्व बोकेको ललितपुरको पाटन दरबार क्षेत्रको प्रचारप्रसार हुनुका साथै यस क्षेत्रको विशिष्ट पहिचान बोकेका गरगहना तथा प्राचीन पहिरनहरूको पुनरावृत्त भई आर्थिक गतिविधि समेत बढ्ने आयोजकलले विश्वास लिएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा आयोजित यस एक्सपोको गत शुक्रबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले समुद्घाटन गरेका थिए । यस एक्सपोको समापन समारोहमा र्‍याम्प वाल्कको प्रस्तुति रहेको थियो । साथै, कार्यक्रममा परम्परागत चर्या तथा अन्य नृत्य समेत प्रस्तुत गरिएको थियो । रोटरी क्लब अफ काठमार्डौ हेरिटेज, रोट्रयाक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल पाटन र रोटरी क्लब अफ भरतपुरको सहयोगमा सम्पन्न भएको कार्यक्रम यही असोज ११ गते शुरु भई असोज १४ गते सम्पन्न भएको थियो ।

Skip This
Skip This
Logo