रियलमीले ल्यायाे “बडा दशैं, तिहारको बडा अफर”, के छन् सुविधा ?

रियलमीले ल्यायाे “बडा दशैं, तिहारको बडा अफर”, के छन् सुविधा ?

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले “बडा दशैं, तिहारको बडा अफर” योजना ल्याएको छ ।

कम्पनीले नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर आफ्ना ग्राहकहरुको लागि यस योजना ल्याएको हो । यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरुप एमजी ४ इभि जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरुप टिभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन् ।

त्यस्तै, हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ पाउन सक्नेछन् भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।

योजनाको बारेमा बोल्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिश गिरीले भने, ‘हामी प्रविधिको माध्यमबाट मानिसहरुलाई नजिक ल्याउन र सम्बन्धमा न्यानोपन छर्न प्रतिबद्ध छौँ । चाडपर्व भनेको आफ्ना नजिकका आफन्त, साथीभाइहरुसँग रमाइलो गर्ने अवसर हो । यसै अवसर पारेर हामीले यस “बडा दशैं, तिहारको बडा अफर” योजना ल्याएका छौँ । हामीलाई आशा छ यो अफरले हाम्रा नेपाली ग्राहकहरुको चाडपर्वको रौनकलाई अझै बढाउनेछ ।’

रियलमीको कुनै पनि स्मार्टफोन खरिद गरेका ग्राहकहरु यस अफरमा यस योजनामा सहभागी हुन सक्नेछन् । यो अफर कार्तिक २२ गतेसम्म लागू हुनेछ ।

Skip This
Skip This
Logo