एनसीसीएस समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख बढी सहयोग

एनसीसीएस समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख बढी सहयोग

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । एनसीसीएस समूहले हालै गएको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । एनसीसीएसले पीडितहरूलाई केही सानो सहयोग स्वरुप ५ लाख ६ हजार ५५० रूपैयाँ सहयोग गरेको हो ।

विगतमा पनि एनसीसीएसले प्राकृतिक विपत्तिका कारण धनजनको क्षति हुनेगरी देश अफ्ठयारो अवस्थामा पुग्दा सहयोग गर्दै आएको छ ।

अविरल वर्षा कारण हजारौँ नागरिक विस्थापित हुने अवस्था आएपछि एनसीसीएस र यसमा आबद्ध शिक्षक तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको हो ।

विगतमा पनि एनसीसीएसले प्राकृतिक विपत्तिका कारण धनजनको क्षति हुनेगरी देश अफ्ठयारो अवस्थामा पुग्दा सहयोग गर्दै आएको छ । देश समस्यामा पर्दा सबैले मिलेर सहयोग गर्नुपर्ने एनसीसीएसको भनाइ छ । यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्‍याएको छ । विपदबाट प्रभावित नागरिकलाई तत्काल राहत सामग्री वितरण, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्रीकै सक्रियतामा यो दैवी प्रकोप उद्धार कोष खडा गरिएको हो ।

विश्वको रोजगार बजारले खोज्ने योग्य जनशक्ति तयार गर्दै आएको एनसीसीएसले निरन्तर उत्कृष्ट नतिजा पनि हासिल गर्दै आएको छ ।

एनसीसीएस, परिणाममुखी नतिजाका लागि विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन विज्ञान, सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान केन्द्रित गरेर अध्यापन गराउँदै आएको सफल शैक्षिक संस्थान हो । काठमाडौंको पकनाजोलमा रहेको यस कलेजले शिक्षाको क्षेत्रमा आफ्नो दुई दशक लामो यात्रा तय गरिसकेको छ । विश्वको रोजगार बजारले खोज्ने योग्य जनशक्ति तयार गर्दै आएको कलेजले निरन्तर उत्कृष्ट नतिजा पनि हासिल गर्दै आएको छ । एनसीसीएस नेटवर्कभित्र स्कुल तहदेखि स्नातक तहसम्म अध्यापन हुँदै आएको छ । स्नातक तहमा त्रिभुवन विश्वविद्यालय सम्बद्ध विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ । जसमा एनसीसीएसले युनिभर्सिटी ग्रान्ट्स कमिसन (यूजीसी) बाट क्वालिटी एस्युरेन्स एन्ड एक्रिडेसन सर्टिफिकेट (क्यूएए) प्राप्त गरिसकेको छ ।

Logo