आईएमई लाइफ इन्स्याेरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

आईएमई लाइफ इन्स्याेरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुकाे मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ ।

यही असोज १६ गते कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीटमार्फत प्रत्यक्ष प्रसारण गरी देशभरका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा बिजेताको नाम घोषणा गरेको छ ।

उक्त योजनाअन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतिय हिटर, तेश्रो पुरस्कारमा ५ग्राम सुन, दोश्रो पुरस्कार आई फोन १३ र प्रथम पुरस्कार अन्तर्गत १२५सीसीको हिरो मोटरसाइकल एक जनालाई प्रदान गरेको छ ।

साथै आगामी दिनमा पनि अभिकर्ताको मनोबल उच्च राख्न र काममा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

Logo