बीवाईडीको बिक्रेता साइमेक्स इंकद्वारा बाढीपहिरो पीडितलाई ५१ लाख सहयोग

बीवाईडीको बिक्रेता साइमेक्स इंकद्वारा बाढीपहिरो पीडितलाई ५१ लाख सहयोग

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । नेपालमा विद्युतीय गाडी बीवाईडीका लागि आधिकारिक बिक्रेता हो साइमेक्स इंक प्रालि । साइमेक्सले बाढीपहिरो पीडितका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी साइमेक्स इंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ सहयोग गरेको हो ।

प्रालिका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग चेक हस्तान्तरण गरेका छन् । साइमेक्स इंकले पछिल्लो समय नेपालमा भारी वर्षासँगै गएको बाढीपहिरो पीडितका लागि सहयोग गरेको बताएको छ । साइमेक्स इंक सामाजिक उत्तरदायित्व बहनमा अग्रणी पहिचान बनाउन सफल छ ।

Logo