बाढीले बिगारेका उत्पादन निःशुल्क बनाइदिन सामसङको फ्लड केयर २०२४ अभियान सुरु

बाढीले बिगारेका उत्पादन निःशुल्क बनाइदिन सामसङको फ्लड केयर २०२४ अभियान सुरु

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ । अविरल वर्षाले नेपालका धेरै क्षेत्रमा बाढी र पहिरोको असर परेको छ । मानिसहरूको घरमा पानी जम्मा हुँदा सामसङ प्रडक्टहरूमा क्षति पुर्‍याएको छ ।

यसै सन्दर्भमा बाढीपहिराले प्रभावित ग्राहकहरूलाई सहयोग गर्न सामसङले फ्लड केयर २०२४ अभियान सुरु गरेको छ । जसअन्तर्गत पानीले क्षति पुगेका सामसङका प्रडक्टहरूको मर्मत–श्रम र पार्टपुर्जाहरू बिना कुनै शुल्क उपलब्ध गराउने जनाइएको छ ।

यो सेवा वारेन्टी अवधिभित्र रहेका पानी क्षतिग्रस्त सामसङ प्रडक्टहरूका लागि लागू हुने बताइएको छ । ग्राहकहरूले आफ्नो नजिकैको सामसङ सेवा केन्द्रहरू (शर्त तथा नियम लागू) बाट १८ असोजदेखि २७ असोजसम्म सेवा लिन सक्नेछन् । उपभोक्ताहरूले आफ्नो मुद्दा दर्ता गर्न २७ असोजसम्म एनसेलः +९७७–९८०१५७२६६७ वा एनटीसीः १६६०–०१–७२६६७ मा सम्पर्क गर्न सक्नेछन् ।

Logo