जेईको जेसिक्स र ओमोडा ई ५ को १०० युनिट एकै दिनमा डेलिभरी

जेईको जेसिक्स र ओमोडा ई ५ को १०० युनिट एकै दिनमा डेलिभरी

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । ओमोडा एन्ड जेईको कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले ‘जेईको जे सिक्स’ इलेक्ट्रिक एसयूभी र ओमोडाको १०० भन्दा धेरै युनिटहरू डेलिभरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

पूर्ण रूपमा विद्युतीय जेईको जे सिक्स नेपालमै पहिलो अफरोड इलेक्ट्रिक एसयूभी हो ।

गत अगस्टमा नाडा अटो सोको अवसरमा सार्वजनिक गरिएको बहुप्रतिक्षित जेईको जेसिक्सले यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफरोड डिजाइनका कारण छोटो समयावधिमा नै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ ।

त्यसमाथि अफरोड ड्राइभिङमा रुची राख्नेहरूले गत हप्ता आयोजित डर्टटेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेईको जेसिक्सको शक्तिशाली अफरोड क्षमता प्रत्यक्ष अनुभव गर्न तथा हेर्न पाए । यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा पनि प्रमाणित भएको छ ।

त्यति मात्र होइन, ओमोडा ई५ सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले निकै लोकप्रियता हासिल गरेको छ । भर्खरै नाडा अटोशोमा ओमोडा ई५ डीएलएक्स ओमोडा ई५ लक्सको कम संस्करण हो ।

जेईको जेसिक्स नेपालको चुनौतीपूर्ण अफरोड अवस्थाका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएकोले गर्दा यो नेपाली अफरोड पारखीहरूका लागि उचित रोजाइ बनेको छ । २७१५ मिलिमिटरको ह्विलबेस, १८ (वा १९) इन्चको ह्विल तथा २०० मिलिमिटरको भव्य ग्राउन्ड क्लियरेन्स अफरोडको लागि उपयुक्त विशेषता हो ।

चालकसहित ५ यात्रु क्षमता रहेको यो गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८–१२ स्पिकर इन्फिनिटि साउन्ड सिस्टम तथा इजिक्लिनिङ डिजाइनसहितको इन्टेरियर रहेको छ । यसको साइडहिन्ज्ड टेलगेटसँगै २६४ लिटरको बुटस्पेस र १० किलो क्षमताको पेलोड बक्स रहेको छ जुन आपत्कालीन अवस्था तथा सहज पहुँचका लागि उपयुक्त हुन्छ । जे सिक्सले डे एन्ड नाइट रियर भ्यु मिरर, ३६० डिग्री क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्याग जस्ता सुविधाहरूको साथ उच्चतम सुरक्षा प्रदान गर्दछ ।

जे सिक्सले यसको रगेड बडिसँगै अफ रोडको लागि शक्तिशाली पर्फमेन्स दिन्छ । जे सिक्स दुइवटा भेरियन्टमा उपलब्ध छ । पहिलो भेरियन्ट, २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटर सहितको फोर–व्हिल–ड्राइभ र दोश्रो, १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिङ्गल मोटर भेरियन्टमा उपलब्ध छ ।

यो गाडी ६.५ सेकेन्डभित्रै ० बाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । सीएटीएलको एलएफपी (लिथियम फेरोस फस्फेट) ब्याट्री (जुन ५०.६ किलोवाट आवर, ६५.७ किलोवाट आवर, वा ६९.७ किलोवाट आवरमा उपलब्ध छ ।)

गाडी ३० देखि ८० प्रतिशतसम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डीसी र एसी दुवै चार्जिङ पोर्टहरू उपलब्ध रहेका छन् । समग्रमा, जे सिक्स एक आरामदायी, व्यावहारिक, तथा नेपाली भूभागको लागि सुहाँउदो एसयूभी हो, जुन नेपाली ग्राहकहरूको प्राथमिकतामा पर्दछ ।

एसपीजस् अटोमोबाइल्स नेपालमा नवीन र दिगो मोबिलिटीका आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको छ । जेईको जेसिक्स, प्रभावशाली पर्फमेन्स, अद्भुत पावर र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफरोड ड्राइभिङको लागि उत्कृष्ट विद्युतीय एसयुभिको रूपमा स्थापित रहेको छ ।

Logo