राप्रपाले बकैयाका बाढीपीडितलाई पठायो राहत सामग्री

राप्रपाले बकैयाका बाढीपीडितलाई पठायो राहत सामग्री

केन्द्रबिन्दु
28
Shares

हेटौँडा । गत असोज ११ र १२ गतेको अविरल वर्षा र बाढीले घरबार बगाएका बकैयाका पीडितलाई राप्रपा मकवानपुरले राहत सामाग्री पठाएको छ ।

मकवानपुर क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य एवं राप्रपाका नेता दीपकबहादुर सिंहले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडित जनतालाई राहत उपलब्ध गराउन सम्राट् सिंहको नेतृत्वमा राहत संकलन गरी खाद्यान्न, त्रिपाल र लत्ताकपडा शनिबार १ ट्याक्टर सामग्री बकैया पठाएको हो ।

राहत संकलनकै क्रममा राप्रपाका हेटौँडा उपमहानगरपालिका वडा न ६ का नेताहरू केदार राई र सुनिल थापाको सक्रियतामा थप राहत सामग्री संकलन गरी शनिबार जिल्ला कमिटीमार्फत बाढीपीडितलाई सामाग्री पठाएको छ ।

०७९ को स्थानीय निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी समेत बनेका नेता राईका अनुसार ६ नम्बर वडाका विभिन्न व्यक्तिहरूको सहयोगमा ३१ हजार ३ सय ३ रुपैयाँबराबरको १० बोरा चामल, १ बोरा आलु, १ बोरा नुन, तेल र लत्ताकपडा पठाइएको हो ।

Logo