बागमतीका मुख्यमन्त्री र मन्त्रीहरूको १५ दिनको तलब विपद् कोषमा जमा गरिने

बागमतीका मुख्यमन्त्री र मन्त्रीहरूको १५ दिनको तलब विपद् कोषमा जमा गरिने

केन्द्रबिन्दु
42
Shares

हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको १५ दिनको तलब विपद् कोषमा जमा गरिने भएको छ ।

विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि शनिवार बिहान प्रदेश राजधानी हेटौँडामा मन्त्रीहरूको छलफलले यस्तो निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार प्रदेश विपद् कोषमा १३ मन्त्रीको १५ दिनको तलब बापत ४ लाख २७ हजार ४४५ रुपैयाँ जमा हुनेछ ।

Logo