उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता, दुई वटा फर्ममा भेटियो अखाद्य पदार्थ

उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता, दुई वटा फर्ममा भेटियो अखाद्य पदार्थ

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिने क्रममा दुई वटा फर्मको अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएको जनाएको छ ।

विभागले मोवाइल फुड ल्याव भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमनका लागि टोली खटाएको थियो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य उद्योग एवं व्यवसायको निरीक्षण अनुगमन गर्दा एउटा खाद्य कम्पनी र एउटा डेरी गरी दुईवटा फर्ममा अखाद्य पदार्थ भेटिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

पेप्सीकोलास्थित सूर्यमुखी डेरी पसल र एबी टिपिकल थकालीका खाद्य पदार्थको नमूनाको प्रारम्भिक जाँच गर्दा कैफियतसहित अखाद्य पदार्थ भेटिएको उनले जानकारी दिए । सूर्यमुखी डेरी पसलको प्रशोधित दूधको नमूनाको विस्तृत परीक्षणका लागि नमूना सङ्कलन गरी प्रयोगशालामा पठाइएको जनाइएको छ ।

एबी टिपिकल थकालीमा बेकरी सर्टेनिङ्गको प्रारम्भिक चेकजाँच गर्दा कैफियत देखिएको थियो । विभागले बेकरी सर्टेनिङ्गको प्रयोग नगर्न सो कम्पनीलाई निर्देशन दिएको छ । विभागले त्यस क्षेत्रका पाँच फर्ममा अनुगमन गर्दा तीन वटामा भने कुनै कैफियत नपाइएको जनाइएको छ ।

Logo