नुवाकोटमा सीएफमोटो र जिहोको डिलर विस्तार

नुवाकोटमा सीएफमोटो र जिहोको डिलर विस्तार

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । सीएफमोटो तथा जिहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रडिङ कम्पनीले नुवाकोटमा डिलर विस्तार गरेको छ ।

विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले एक समारोहका बीच उक्त शोरुमकाे उद्घाटन गरेका हुन् । त्यसअघि सीएफमोटो तथा जिहोको नक्सालस्थित शोरुमबाट १५ राइडरले आफ्नो राइड प्रारम्भ गरेर नुवकोटको बट्टार पुगेका थिए ।

सो अवसरमा जिहो एई६ प्लस र एई८ गरि ५ थान स्कुटर ग्राहकलाई हस्तान्तरण समेत गरिएको छ ।

नेपाली बजारमा सिएफमोटो एनके २५० तथा हालै भित्रिएको एमटी ४५० मुख्य आकर्षणको रुपमा रहेका छन् । त्यसैगरी जिहो एई६ प्लस र एई८ मोडल उपलब्ध छन् । यसमा नेपाली ग्राहकको रुची बढ्दो छ ।

Logo