नेपालमा एकैदिन जेइको जे सिक्स र ओमोडा ई ५को १०० युनिट डेलिभरी

नेपालमा एकैदिन जेइको जे सिक्स र ओमोडा ई ५को १०० युनिट डेलिभरी

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले एकैदिन इलेक्ट्रिक एसयूभी ‘जेइको जे सिक्स’ र ओमोडा ई५ को १०० युनिट डेलिभरी गरेको छ ।

नेपालीहरुको महान् चाड दशैंको पहिलो दिन घटस्थापनामा कम्पनीले यो संख्यामा गाडी डेलिभरी गरेको हो । यी दुई गाडीको पावर, पर्फर्मेन्स तथा आकर्षक अफरोड डिजाइनका कारण छोटो समयावधिमै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको यसले प्रमााणित गरेको कम्पनीको भनाई छ ।

जेइको जे सिक्स नाडा अटो शो २०२४ को अवसरमा सार्वजनिक गरिएको हो । जेइको जेसिक्स नेपालको चुनौतीपूर्ण अफरोड अवस्थाका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएकोले गर्दा यो नेपाली अफरोड पारखीहरूको लागि उचित रोजाई बनेको छ । २७१५ एमएमको ह्विलबेस, १८(वा १९) इन्चको ह्विल तथा २०० एमएमको भव्य ग्राउन्ड क्लियरेन्स अफरोडको लागि उपयुक्त विशेषता हो ।

जे सिक्स दुइवटा भेरिएन्टमा उपलब्ध छ । पहिलो भेरिएन्ट, २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटर सहितको फोर–व्हिल–ड्राइभ । र दोश्रो, १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिङ्गल मोटर भेरिएन्टमा उपलब्ध छ । यो गाडी ६.५ सेकेन्डभित्रै ० बाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।

यसैगरी फ्युचरिस्टिक एसयूभी ओमोडा ई५ले पनि सार्वजनिक भएको केही महिनामै निकै लोकप्रियता हासिल गरेको छ ।

Logo