दशैँमा रमाउन नसकेका न्युरोडका व्यापारी भन्छन्– किन्नेभन्दा सोध्ने बढी आउँछन् [भिडियोसहित]

दशैँमा रमाउन नसकेका न्युरोडका व्यापारी भन्छन्– किन्नेभन्दा सोध्ने बढी आउँछन् [भिडियोसहित]

केन्द्रबिन्दु
196
Shares

काठमाडौँ । नेपालीहरूको महान चाड दशैं सुरु भइसक्यो । नयाँ लुगा लगाउने, मीठो खाने चाडका रूपमा समेत परिचित दशैँ व्यापार–व्यवसाय गर्नेहरूका लागि सबैभन्दा ठूलो सिजन नै हो ।

वर्षभरि भन्दा यो बेला खसी–बोकादेखि लत्ताकपडा र खाद्यान्नदेखि सवारीसाधनसम्मको बिक्रीमा बहार आउने गर्छ । दशैँको अघिल्लो दिनसम्म पनि उनीहरूले फुर्सद पाउँदैनन् । यसपालि चाहिँ कस्तो छ त दशैँ बजार भनेर हामीले काठमाडौंँको असन, इन्द्रचोक र न्यूरोडको होलसेल बजार चियायौँ । व्यापारीहरूसँग कुराकानी गर्‍यौँ ।

यसपालि दशैँको मुखमा बजारमा निकै भीडभाड देखिए तापनि व्यापार अघिल्ला वर्षको जस्तो नभएको उनीहरूको गुनासो थियो । दशौ मुखैमा आइसक्दा पनि व्यवसायमा भने खासै त्यसको प्रभाव नदेखिएको व्यापारीहरू बताउँदै थिए । व्यापारीहरूकै अनुसार यस पटक पनि बजारबाट मन्दी हटिसकेको छैन । काठमाडौंँका मुख्य बजारहरू असन, न्युरोड, महाबौद्धलाई नियाल्दा के खस्किएकै हो त दशैँ बजार ? हेरौँ एक रिपोर्ट

Logo