आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला

केन्द्रबिन्दु
364
Shares

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।
आइतबारदेखि कम्पनीले कलंकीस्थित खसी बजारमा खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० रुपैयाँमा, च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुुट दिएर एक हजार २२० रुपैयाँमा बिक्री खुला गरेको जनाएको छ ।

खाद्यले २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको छ भने अरू ल्याउने क्रम जारी रहेको छ ।

Logo