विराट्नगरको सेन्टर मलमा दशैँतिहारको महाउत्सवः ६० प्रतिशतसम्मको विशेष छुट र गिफ्ट ह्याम्पर

विराट्नगरको सेन्टर मलमा दशैँतिहारको महाउत्सवः ६० प्रतिशतसम्मको विशेष छुट र गिफ्ट ह्याम्पर

केन्द्रबिन्दु
42
Shares

विराट्नगर । विराट्नगरको सेन्टर मलले यस वर्षको दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष छुट योजना प्रस्तुत गरेको छ ।

‘अब जानु पर्दैन पारि, विराट्नगरमै छ छुट भारी’ भन्ने आकर्षक नाराका साथ मलले ६० प्रतिशतसम्मको छुट प्रदान गर्दै महाउत्सवको सुरुवात गरेको हो ।

सेन्टर मलका सीईओ विशाल न्यौपानेका अनुसार यो छुट योजना चाडपर्वको अवधिभर लागू हुनेछ, जसले सीमावर्ती बजार जोगवनीसँग प्रतिस्पर्धी मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने लक्ष्य राखेको छ ।

उनले थप स्पष्ट गर्दै भने, ‘सेन्टर मलमा अहिले चिनीको प्रतिकिलो मूल्य ७० रुपैयाँ रहेको छ, जसले जोगवनी बजारको मूल्यसँग समानता राख्छ । साथै ५ हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा ग्राहकले सेन्ट्रल मल्टीप्लेक्समा एउटा सिनेमाको टिकट र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।’

विशेषतः श्रृंगार र कस्मेटिक सामग्रीमा पनि विशेष छुटको व्यवस्था गरिएको छ । चर्चित पेटीकिलिकका उत्पादनहरूमा ५० प्रतिशतसम्म छुट उपलब्ध छ भने श्रृंगारको डेजिनेल आर्टमा २५ प्रतिशत, निलडेविटमा ३० प्रतिशत, गोलस्टार सुजमा २० प्रतिशत र ब्लाक हर्स सुजमा ५ प्रतिशत छुट दिइएको छ । यसबाहेक विभिन्न गिफ्ट ह्याम्परहरू पनि ग्राहकलाई प्रदान गरिनेछ ।

साथै, फुटकोर्टमा र बालबालिकाका खेल सामग्रीमा पनि आकर्षक स्किमहरू रहेका छन् । “यो महाउत्सव योजना ग्राहकलाई विशेष अनुभव दिने उद्देश्यले ल्याइएको हो,” न्यौपानेले भने, “यस वर्ष पनि सेन्टर मलले जोगवनीभन्दा सस्तो मूल्यमा खाद्य सामग्रीहरू प्रदान गर्दै आएको छ।”

सेन्टर मलले प्रत्येक वर्ष चाडपर्वको अवसरमा महा उत्सव योजना ल्याएर स्थानीय ग्राहकलाई छुट र सेवा सुविधा प्रदान गर्दै आएको छ र यसवर्ष पनि सोही परम्परालाई निरन्तरता दिएको छ ।

Logo