एसएमएल इसुजुको दशैं-तिहार अफरः गाडी किन्दा श्योर सट उपहार, ७० प्रतिशतसम्म फाइनान्स सुविधा

एसएमएल इसुजुको दशैं-तिहार अफरः गाडी किन्दा श्योर सट उपहार, ७० प्रतिशतसम्म फाइनान्स सुविधा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपालका लागि एसएमएल इसुजु गाडीको आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेइकल्स प्रालिले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ ।

‘दशैं तिहारको बेला, उपहारै उपहारको मेला’ नामक यस अफरअन्तर्गत कुनैपनि नयाँ बस, ट्रक तथा टिपर खरिद गर्ने ग्राहकले श्योर सट उपहार पाउने छन् । यसरी सवारी साधन खरिद गर्ने ग्राहकले फ्रिज, माइक्रोवेभ ओभन, वासिङ मेसिन, एसी, एलईडी टीभी र प्रोजेक्टर मध्ये कुनै एक उपहार पक्का श्योर सट पाउने कम्पनीको भनाई छ ।

एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ।

Logo