खसीबोका र च्याङग्राको माग उच्च, बजारमा बढ्यो भीडभाड [भिडियो]

खसीबोका र च्याङग्राको माग उच्च, बजारमा बढ्यो भीडभाड [भिडियो]

केन्द्रबिन्दु
238
Shares

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँको आगमनसँगै खसी, बोका, र च्याङ्ग्राको बिक्री ह्वातै बढेको छ ।

दसैँमा विशेष गरी खसी र च्याङ्ग्राको माग अन्य समय कैयौं गुणा बढ्ने गर्दछ । यहि अवसरमा नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन कम्पनीले करिब ५० हजार भन्दा बढी खसी, बोका, च्यांग्रा र भेडा काठमाडौं उपत्यका भित्रने आंकलन गरेको छ । दसैंलाई नै लक्षित गरेर उपत्यकाको कलंकी, टुकुचा, बालाजु, भक्तपुर सल्लाघारी र कौशलटारबाट व्यापारीहरूले बिक्री वितरण गर्नेछन् ।

चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रालिका अनुसार यो वर्ष जिउँदो खसी बोकाको मूल्य ६ सय ७० रूपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ भने च्यांग्राको १२ सय ३० रूपैयाँ तोकिएको छ। यो मूल्यमा ग्राहकहरुले १० प्रतिशत छुट पाउनेछन् । व्यवसायीले खसी, बोका जिउँदोको ६ सय ५० देखि ६ सय ९० रूपैयाँ किलोमा बिक्री गर्न सुरु गरेका छन्। च्यांग्राको १२ सयदेखि १२ सय ५० रूपैयाँसम्ममा बिक्री गरिरहेका छन्। दसैंलाई लक्षित गरेर दाङ, सल्यान, सुर्खेत, सिन्धुली, उदयपुर, रुकुम रोल्पा, ओखलढुंगा, नुवाकोट, रामेछाप, जनकपुर, सर्लाही, बर्दिया, गुलरियालगायतका जिल्लाबाट उपत्यकामा खसी, बोका र च्याङग्रा ल्याउने क्रम जारी रहेको छ ।

च्यांग्रा भने मुस्ताङबाट ल्याउने क्रम जारी रहेको व्यवसायीहरु बताउँछन्। यसै विषयवस्तुलाई केन्द्रमा राखेर केन्द्रबिन्दु टोलीले कलंकीस्थित पशु तथा चौपाया खरिद बिक्री केन्द्रमै गएर स्थलगत रिपोर्टिङ गरेको छ । जहाँ चौपाया व्यवसायी, साना तथा खुद्रा व्यापारीसँग यो वर्ष चौपाया बजार तथा बधशाला व्यवस्थापन कम्पनीले तोकिदिएको मूल्यप्रति उहाँहरुको संतुष्टी, पशु चौपाया लिएर आउनु पर्दाको पिडा, बजारको अवस्थालगायत विषयवस्तुलाई केन्द्रमा राखेर व्यापारीसँग भलाकुसारी गरेका छौं । यसका साथैं स्थलगत रिपोर्टिङकै क्रममा हामीले सरकारबाट खटिएका पशु चिकित्सकहरुसँग स्वस्थ्य खसीबोकाको कसरी पहिचान गर्ने भनेर सोधेका छौं । के भन्छन् त उनीहरु ? हेरौं एक रिपोर्ट–

Logo