प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी कोषमा ३१ लाख सहयोग

प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी कोषमा ३१ लाख सहयोग

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।

बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति बेहोर्नु परेको अकल्पनीय दुःखद घटनामा बाढीपीडितहरूको तत्काल राहत सहयोगार्थ राहत कोषमा रकम जम्मा गरिएको बैंकले जनाएको छ ।

बैंकका तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम हस्ताक्षर गरेका हुन् ।

Logo