एनआईसी एशिया बैंकको सहयोगमा निर्मित सामुदायिक विद्यालयको पुस्तकालय भवनको उद्घाटन

एनआईसी एशिया बैंकको सहयोगमा निर्मित सामुदायिक विद्यालयको पुस्तकालय भवनको उद्घाटन

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरुमध्ये थप एक विद्यालयमा पुस्तकालय समुद्घाटन गरेको छ ।

बैंकको सहयोगमा निर्माण गरिएको गण्डकी प्रदेशको तनहुँस्थित बन्दिपुर गाउँपालिका–१ मा रहेको पवित्रा माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको पुस्तकालय भवनमा असोज १६ गते पुस्तकालय समुद्घाटन गरिएको हो ।

विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराइ अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा पुस्तकालय निर्माण गरिएको थियो ।

उक्त पुस्तकालय समुद्घाटन समारोहमा सोही गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा र वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठ, बैंकका तर्फबाट यस बैंकका गण्डकी प्रदेश—३ का प्रमुख चुडामणि पराजुली र सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । यस पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका करिब ११२५ विद्यार्थी तथा शिक्षक÷शिक्षिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

यसअघि बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्लास्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको समुद्घाटन भइसकेका छन् ।

त्यसैगरी, मधेश प्रदेशको सिराहास्थित भगवान्पुर गाउँपालिका–१ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालय र पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित सियारी गाउँपालिका–४ मा अवस्थित पब्लिक सेकेन्डरी स्कुल र बाग्मती प्रदेशको चितवनस्थित राप्ती नगरपालिका–७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरिसकेको छ ।

बैंकले यी पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल रू. २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो । यी पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराइ विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Logo