चितवनकी दामन्ति थापाले स्मार्ट डोमेस्टिक एप्लायन्सकाे अफरमा जितिन् १० ग्रामको सुनको सिक्का

चितवनकी दामन्ति थापाले स्मार्ट डोमेस्टिक एप्लायन्सकाे अफरमा जितिन् १० ग्रामको सुनको सिक्का

केन्द्रबिन्दु
42
Shares

काठमाडौं‌ । दशैं, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए)ले ल्याएको “दशैंमा १० अफर”अन्तर्गत चितवनकी दामन्ति थापाले १० ग्रामको सुनको सिक्का जित्न सफल भएकी छन् ।

यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०-१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त गर्नेछन् । सोहिअन्तर्गत सिजीका साना धरायसी सामान खरिद गरि डिजिटल लक्कि ड्रमार्फत १० ग्रामको सुनको सिक्का जित्न सफल चितवनकी थापालाई वधाईका साथ आउँदै गरेको दशैंको शुभकामना व्यक्त गरेकाे हाे ।

यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले सि.जी. का कुनै पनि साना किचन एप्लायन्स खरिद गरि विज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्‌नो विवरण भरि समावेस गर्नु पर्नेछ।

यो योजना सि.जी.का हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ। यस अभियान भदौ २२ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू गरिएको छ । अझै थुप्रै सुनको सिक्काहरु बाकि रहेका छन् । आजै बजार गई सीजी का साना धरायसी सामानहरु खरिद गरि सुनको सिक्का जित्ने सकिन्छ ।

Logo