सिजी इलेक्ट्रोनिक्सद्वारा बाढीपहिरो पीडितका लागि ‘सहायता सेवा’ कार्यक्रम सञ्चालन

सिजी इलेक्ट्रोनिक्सद्वारा बाढीपहिरो पीडितका लागि ‘सहायता सेवा’ कार्यक्रम सञ्चालन

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले बाढीपहिरोबाट प्रभावित व्यक्तिहरुलाई लक्षित गर्दै ‘सहायता सेवा’नामक मर्मत सहायता कार्यक्रम सञ्चालनमा ल्याएको छ।

यो कार्यक्रमअन्तर्गत बाढी र पहिरोले क्षतिग्रस्त भएका वारेन्टी अवधिभित्र रहेका उपकरणहरूको निशुल्क मर्मत सेवा प्रदान गरिनेछ। सिजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका एलजी, सिजी, गोदरेज , टिसीएल, बेको, सेन्सेइ, माइडिया, क्रोमटन, केन्ट ब्रान्डमा लागू हुने छ ।

यस अभियानमा शतप्रतिशत निशुल्क सेवा शुल्क र निशुल्क स्पेयर पार्ट्स उपलब्ध हुनेछ।

साथै, ग्राहकहरूले आफ्ना क्षतिग्रस्त उपकरणहरू साटासाट गर्दा सर्वश्रेष्ठ मूल्याङ्कन पनि प्राप्त गर्न सक्नेछन्। यो सेवा ९ कात्तिकसम्म मान्य हुनेछ । र यस अवधिभित्र आफ्नो समस्या दर्ता गराएका सबै ग्राहकहरूलाई यो सुविधा उपलब्ध हुनेछ।

यो कार्यक्रमलाई कम्पनीले समुदायसँगको सहकार्यलाई प्रकट गर्ने एउटा प्रयासको रुपमा सार्वजनिक गरेको हो । जसले ग्राहकलाई कठिन परिस्थितिमा साथ दिने प्रतिबद्धता देखाउँछ । यस पहलमार्फत कम्पनीहरूले प्राकृतिक प्रकोपको सामना गरेका व्यक्तिहरूलाई सहयोग पुर्‍याउन र पुनर्निर्माण प्रक्रियामा मद्दत पुर्‍याउने आशा राखिएको छ ।

Logo