अधिकांश तरकारीको भाउ घट्यो

अधिकांश तरकारीको भाउ घट्यो

केन्द्रबिन्दु
196
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको लागि मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज दुई रुपैयाँले घटेर ११० रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला १० रुपैयाँले घटेर ४० रुपैयाँ पुगेको छ । गोलभेडा ठूलो १३०, लोकल गोलभेडा सानो ८० रुपैयाँ रहेको छ ।

रायोको साग प्रतिकेजी १० रुपैयाँले घटेर १३० रुपैयाँ, बरेला २० रुपैयाँले घटेर १२० रुपैयाँ, कन्य च्याउ २० रुपैयाँले घटेर १५० रुपैयाँ, ब्रोकाउली १० रुपैयाँले घटेर १५० रुपैयाँ रहेको छ ।

आज हरियो खुर्सानीको भाउ प्रतिकेजी १० रुपैयाँले घटेर १२० रुपैयाँ रहेको छ भने सुकेको खुर्सानी ४३० रुपैयाँ नै कायम छ । फूजी स्याउ पनि ४० रुपैयाँले घट्दै २६० रुपैयाँ कायम भएको छ केराको मूल्य भने १० रुपैयाँले बढ्दै १५० पुगेको छ । अनारको मूल्य ह्वात्तै बढेको छ । हिजो ३३० रुपैयाँ तोकिएकोमा आज ३८० रुपैयाँ पुगेको छ ।

Logo