राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना

राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना

केन्द्रबिन्दु
42
Shares

भोजपुर । कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईले रु एक लाख राशीको अक्षयकोष स्थापना गरेकी छिन् । राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गरेकी हुन् ।

आफ्नो जीवनकालमा गायक गुरुङले साङ्गीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताइन् । “गुरुङले साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनुभएको छ”, राज्यमन्त्री राईले भनिन्, “यस्ता व्यक्तिलाई समाजले कदर गर्न अवश्यक छ ।”

Logo