एलजीले बाढीबाट क्षतिग्रस्त इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गर्दै

एलजीले बाढीबाट क्षतिग्रस्त इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गर्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । सीजी इलेक्ट्रोनिक्स अन्तर्गत एलजी नेपालले हालैका बाढी र पहिरोबाट क्षति पुगेका इलेक्ट्रोनिक्सको निःशुल्क एक्सचेन्ज र मर्मत सेवा प्रदान गरिरहेको छ ।

यो सेवा प्रदान गर्न कम्पनीले एलजीको ‘सहायता सेवा’ नामक मर्मत सहायता कार्यक्रम सुरु गरेको छ । जसअन्तर्गत बाढी र पहिरोबाट प्रभावित भएका वारेन्टीभित्रका उत्पादनहरूको निःशुल्क मर्मत गरिनेछ ।

कम्पनीका अनुसार यो योजना एलजीका सबै उत्पादनहरूमा लागू हुनेछ । यस अभियानअन्तर्गत ग्राहकहरूले शतप्रतिशत निःशुल्क सेवा र स्पेयर पार्ट्स पाउनुका साथै आफ्नो क्षतिग्रस्त उपकरणहरू साट्नका लागि उत्कृष्ट मूल्य प्राप्त गर्ने सुविधा पाउनेछन् ।

यो योजना कार्तिक ९ गतेसम्म मान्य हुनेछ भने ग्राहकले यस अवधिभित्र आफ्नो समस्या दर्ता गराउनु पर्ने कम्पनीले जनाएको छ । दर्ता र थप जानकारीका लागि ग्राहकहरूले १६६०–०१–००२११ वा ०१–५९७०२११ हेल्पलाइनमा सम्पर्क गर्न सक्नेछन् ।

Logo