चाडपर्वमा तलबभत्ता नपाएको शिक्षक सङ्गठनको गुनासो

चाडपर्वमा तलबभत्ता नपाएको शिक्षक सङ्गठनको गुनासो

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले दसैँ, तिहार, छठ र नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शिक्षक तथा विद्यालय कर्मचारीको नियमित तलबभत्ता निकासा नभएको गुनासो गरेको छ ।

सङ्गठनले विज्ञप्ति जारी गर्दै तत्काल शिक्षक तथा कर्मचारीको तलबभत्ता निकासा गरी वितरण गर्न गराउन सम्पूर्ण सम्बन्धित स्थानीय तहहरूसँग माग गरेको छ ।

सङ्गठनका महासचिव हंसबहादुर शाहीले चाडवाडको समयमा केही स्थानीय तहले शिक्षक तथा कर्मचारीको तलब भत्ता रोकेर अधिकारबाट वञ्चित हुने वातावरण सिर्जना भएको जिकिर गरेका छन् ।

“सङ्घीय सरकारबाट विद्यालय शिक्षक तथा कर्मचारीको तलब भत्ता निकासा गर्ने दायित्वका रुपमा स्थानीय सरकारलाई सुम्पिएको सर्वविदितै छ । सङ्घीय सरकारबाट उपलब्ध सशर्त अनुदानअनुसार स्थानीय तहले समयमा तलब भत्ता वितरण गर्नुपर्नेमा त्यसो नहुँदा शिक्षक र कर्मचारी मर्कामा परेका छन्”, विज्ञप्तिमा भनिएको छ । हालसम्म तलब भत्ता उपलब्ध नगराउने विभिन्न ३४ स्थानीय तह रहेको शिक्षक सङ्गठनको दाबी छ ।

Logo