सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेका बाढी पीडित २ सय घरपरिवारलाई राहत सामग्री वितरण

सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेका बाढी पीडित २ सय घरपरिवारलाई राहत सामग्री वितरण

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । सिप्रदी ग्रुप कम्पनिजको सामाजिक उत्तरअदायित्व बहन गर्दै आइरहेको सिप्रदीयन सहायता संस्थाले काभ्रेपलान्चोकको पनौती नगरपालिका वडा नम्बर १२ का बाढी पीडित २ सय घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ ।

संस्थाले प्रतिघरपरिवार सिरक १ थान, डसना १ थान, सिरानी २ थान, तन्ना १ थान, झुल १ थान, मेट्रेक्स १ थान, खाना पकाउने कुकर १ थान र थाल ४ थानलगायत कराइ, जग, बाल्टिन, पनियो १–१ थानका दरले वितरण गरेको हो ।

बनेपा नगरपालिका मेयर शान्तिरत्न शाक्य वडाअध्यक्ष जयराम केसी र संस्थाका तर्फबाट सहअध्यक्ष निलिमा राणा, वरिष्ठ उपाध्यक्ष शम्भु दाहाल, महासचिव राजेशप्रसाद गिरी, सहसचिव शारदा राना, सिप्रदी अटो पार्ट्सका सिनियर जनरल मेनेजर युवराज बुढाथोकी लगायतको उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो ।

Logo