दशैँमा टाटाको फास्ट डीसी चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको सुविधा

दशैँमा टाटाको फास्ट डीसी चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको सुविधा

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । चाडपर्वको अवसरमा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफ्ना फास्ट डीसी चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङ सुवधा उपलब्ध गराएको छ ।

टाटाका बागडोल र गोगंबुस्थित दुईवटा सर्भिस सेन्टरहरूमा दशैँ बिदाका दिनमा पनि प्यासेन्जर तथा ट्याक्सीहरू सर्भिसिङ तथा चार्जिङको व्यवस्था मिलाइएको हो ।

साथै टाटा मोटर्सले आफ्ना देशभरका सर्भिस सेन्टरहरूबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ । रोडसाइड सेवाका लागि हटलाइन टोल फ्री नं १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

Logo