दशैँमा यात्रुहरूको सहजताका लागि बीवाईडीद्वारा ४३ स्थानबाट चार्जिङको सुविधा

दशैँमा यात्रुहरूको सहजताका लागि बीवाईडीद्वारा ४३ स्थानबाट चार्जिङको सुविधा

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेपालमा बीवाईडी ईभीले दशैँको समयमा लामो दुरीमा यात्रा गर्ने यात्रुहरूको सहजताका लागि ४३ स्थानबाट चार्जिङ सुविधा उपलब्ध गराएको जनाएको छ ।

आधिकारिक वितरक साइमेक्स इंकले देशभर ३७ डीसी फास्ट चार्जर र ६ स्थानमा एसी फास्ट चार्जर समेत रहेको जनाएको हो ।

डीसी फास्ट चार्जर ३० किलोवाट र एसी फास्ट चार्जर ४० किलोवाट क्षमताका छन् । लुम्बिनी प्रदेशअन्तर्गत नेपालगञ्ज, लमही, घोराही, अमिलिया, प्युठान, भैरहवा, बुटवल, कोहलपुर र तुलसीपुर गरी विभिन्न १३ स्थानमा डीसी फास्ट चार्जर छन् भने गण्डकी प्रदेशअन्तर्गत पोखरा र डुम्रे गरी तीन स्थानमा तथा बागमती प्रदेशअन्तर्गत गुहेश्वरी, अनामनगर, नक्साल, ललितपुर, सल्लाघारी, सोल्टीमोड, कुरिनटार र चितवन गरी ११ स्थानमा डीसी फास्ट चार्जर रहेका छन् ।

यस्तै, कोशी प्रदेशअन्तर्गत इटहरी, बिर्तामोड, विराटनगर र दमक गरी सात स्थानमा यस्ता चार्जर रहेका छन् भने मधेश प्रदेशअन्तर्गत वीरगन्ज, जनकपुर र बर्दिबास गरी तीन स्थानमा यस्ता चार्जर छन् ।

नेपालगन्जको नमस्ते भिलेज रिसोर्ट, तुलसीपुरको होटल वेस्टर्न प्यालेस, धनगढीको होटल रुवस, काठमाडौँ मित्रपार्कको होटल ग्रान्ड भ्यु, बीवाईडी विराट्नगर सर्भिस सेन्टर र चितवनको अस्टभुजा आयल डिस्ट्रिब्युटरमा ४० किलोवाटको एसी फास्ट चार्जर रहेका छन् ।

दशैँको समयमा लामो दुरीमा यात्रा गर्ने यात्रुहरूको सहजताका लागि यस्तो व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

Logo