सुनसान काठमाडौँ

सुनसान काठमाडौँ

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । नेपालीहरूको महान पर्व बडादशैँ मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौँ सुनसान बनेको छ । विविध कारणले यहाँ रहेकाहरू दशैँमा गाउँ फर्केपछि उपत्यकाभित्रका सडक सुनसान देखिएका हुन् ।

काठमाडौँका स्थानीयवासीहरू घरबाहिर ननिस्किँदा पनि काठमाडौं सुनसान भएको हो । सडकमा निजी क्षेत्रका एकाध सवारीसाधन मात्रै गुडेका देखिन्छन् भने पैदलयात्री पनि न्यून देखिन्छन् ।

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौँ उपत्यकाका सडक अहिले सुनसान भएका हुन् । सडकमा हिँड्डूल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरू प्रायः बन्द छन् ।

Logo