बजाजले अक्टोबर १६ मा पल्सरको नयाँ मोडलको बाइक लन्च गर्दै

बजाजले अक्टोबर १६ मा पल्सरको नयाँ मोडलको बाइक लन्च गर्दै

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । बजाज अटोले १२५ सीसी सेगमेन्टमा नयाँ बाइक लन्च गर्ने तयारी गरेको छ । बजाजले अक्टोबर १६ मा पल्सरको नयाँ मोडल पल्सर एन १२५ लन्च गर्ने तयारी गरेको हो ।

मिडिया रिपोर्टका अनुसार सो बाइक पल्सर एन १२५ हुने अनुमान गरिएको छ । यद्यपि कम्पनीले मोडलको खुलासा भने गरेको छैन ।

लिक भएको तस्बिर अनुसार सो बाइक स्पोर्टी र स्टाइलिस हुनेछ । स्पोर्टी डिजाइनमा उपलब्ध हुने पल्सर एन१२५ ले विशेष गरी युवा ग्राहकलाई आकर्षित गर्ने अनुमान गरिएको छ । हाल बजाजले पल्सर रेन्जमा पल्सर १२५ स्ट्यान्डर्ड र पल्सर एनएस १२५ बिक्री गरिरहेको छ । अब पल्सर एन रेन्जमा नयाँ बाइक आए पश्चात् १२५ सीसीका तीन मोडल उपलब्ध हुनेछन् ।

सो मोटरसाइकलमा मस्कुलर लुकयुक्त फ्युल ट्यांक, स्प्लिट सिट र टु पिस ग्र्याब रेलसहित एलईडी हेडल्याम्प र एलईडी टेलल्याम्प समेत हुनेछ ।
बाइकमा स्मार्टफोन कनेक्टिभिटी र ब्लुटुथका साथ डिजिटल कन्सोल समेत उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।

अन्य कम्पनीका यही सेगमेन्टका बाइकसँग प्रतिस्पर्धा गर्नका लागि यसमा एबीएस ब्रेकिङ जस्ता एड्भान्स्ड फिचर पनि हुन सक्ने बताइएको छ । यसलाई फाइभ–स्पिड गियरबक्सका साथ जोडिने छ भने यसको मूल्य भारतीय बजारमा ९० हजारदेखि १ लाख भारुसम्म हुने अनुमान गरिएको छ ।

Logo