सोलार मिनीग्रेटबाट बारेकोटमा छायो उज्यालो [भिडियो]

सोलार मिनीग्रेटबाट बारेकोटमा छायो उज्यालो [भिडियो]

केन्द्रबिन्दु
56
Shares

जाजरकोट । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका– ५ तोलखानामा एक सय ७० किलोवाट क्षमताको सोलार मिनीग्रेट स्थापना गरेको छ । चार सय २२ घरधुरीलाई पुग्ने गरी उक्त मिनिग्रेट स्थापना गरिएको हो ।

विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाई बत्ती दिने उद्देश्यले मिनिग्रेट स्थापना गरिएको हो ।

जाजरकोट सदरमुकामबाट ७२ किलोमिटर उत्तरपूर्वमा रहेको यो तोलखाना, नायकबाडा, पाखालगायतका गाउँमा सोलारबाट विद्युतीकरण भएपछि गाउँहरु उज्याला भएका छन् ।

बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले सबै जनतालाई उज्यालो पु¥याउने अर्थका साथ काम गरिरहेको बताए । उनले तीन तहकै सरकारसँग सहकार्य गर्दै विकास निर्माणका कामलाई तीव्रता दिएको जानकारी दिए । १० करोड ३३ लाखमा उक्त आयोजना सम्पन्न भएको हो ।

Logo