नेपालको कूल जनसंख्याभन्दा २ करोड ७० लाख बढी छन् बैंक खाता

नेपालको कूल जनसंख्याभन्दा २ करोड ७० लाख बढी छन् बैंक खाता

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा बैंक खाताको संख्या ५ करोड ६२ लाख ५५ हजार पुगेको छ । यो संख्या पछिल्लो जनगणना २०७८ को कूल जनसंख्याभन्दा २ करोड ७० लाख बढी हो ।

जनगणनाअनुसार नेपालको अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । यसरी हेर्दा नेपालमा बैंकमा खाता खोल्नेहरूको संख्या कूल जनसंख्याभन्दा झण्डै दोब्बर हो ।

‘साउथ एशिया रिजन फाइनान्सियल इन्क्लुजन इनीसेटिभ’ ले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार नेपालमा बैंकिङ पहुँचमा रहेको जनसंख्या ५४ प्रतिशत छ भने बाँकी ४६ प्रतिशत जनसंख्या बैंकिङ पहुँचबाहिर छ ।

नेपाल राष्ट्र बैंकले एउटै व्यक्तिको नाममा एउटै प्रकृतिका एकभन्दा बढी खाता खोल्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै बैंकहरूले एकभन्दा बढी खाता भएकाहरूलाई तत्काल बन्द गरी एउटा मात्र राख्न सूचना जारी गरी खाता बन्द गराइसकेका छन् । नेपालमा हाल वाणिज्य बैंकको संख्या २० रहेको छ ।

Logo