रोयल इन्फिल्डले नयाँ स्क्र्याम्बलर बाइक ल्याउँदै

रोयल इन्फिल्डले नयाँ स्क्र्याम्बलर बाइक ल्याउँदै

केन्द्रबिन्दु
196
Shares

काठमाडौँ । रोयल इन्फिल्डले पहिले नै भारतमा इन्टरसेप्टर बियर ६५० का लागि डिजाइन पेटेन्ट र नेमप्लेट पेटेन्ट दर्ता गरेको छ । यस अनुसार यो मोटरसाइकल यो वर्षको अन्त्यमा भारतमा हुने मोटोभर्स इभेन्टमा लन्च हुने सम्भावना छ ।

नयाँ इन्टरसेप्टर बियर ६५० को च्यासिस इन्टरसेप्टर ६५० बाट लिइएको भए पनि यसमा केही परिमार्जन गरिएको छ । मोटरसाइकलको पछिल्लो भागमा नयाँ स्प्रिङ र अघिल्लो भागमा अपसाइड डाउन फोर्क्सको प्रयोग गरिएको छ ।

रोयल इन्फिल्डले सस्पेन्सन सिस्टमलाई सटिक ट्युनिङ दिनका लागि शोवा कम्पनीका साथ साझेदारी गर्न सक्ने छ । स्क्र्याम्बलर मोटरसाइकल भएकाले यसममा स्पोक ह्विल र ड्युअल पर्पस टायर पनि हुनेछ ।

नयाँ इन्टरसेप्टर बियर ६५० मा हेडल्याम्प अन्य मोडलबाट लिइएको छ । यसमा टर्न इन्डिकेटर पनि एलईडी हुनेछ, जसको डिजाइन हिमालयन ४५० सँग मिल्दोजुल्दो हुनेछ । यसममा एलईडी टेलल्याम्प पनि दिइएको छ ।

हाल कुनै रोयल इन्फिल्डको ६५० सीसी बाइकमा प्रयोग भएको इन्जिन नै यसमा प्रयोग गरिने छ । सो इन्जिनले लगभग ४७ बीएचपी पावर र ५२ एनएम टर्क जेनेरेट गर्न सक्छ । यसममा स्मुथ सिफ्टिङ हुने ६–स्पिड ट्रान्समिसन जोडिएको छ । यसमा नयाँ सिंगल साइडेड एक्जस्ट सिस्टम पनि दिन सकिने छ ।

अहिले सम्म यसको मूल्य र लन्च डेट भने सार्वजनिक भएको छैन ।

Logo