स्कोडाले नयाँ एसयूभी काइल्याक लन्च गर्ने तयारी

स्कोडाले नयाँ एसयूभी काइल्याक लन्च गर्ने तयारी

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । भारतीय बजारमा स्कोडाले नयाँ एसयूभी लन्च गर्ने तयारी गरेको छ । कम्पनीले ६ नोभेम्बर २०२४ मा नयाँ एसयूभी काइल्याक लन्च गर्ने भएको हो ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ल्याउने तयारीसहितको सो गाडी कम्पनीले पूर्ण रूपमा भारतमा निर्माण गरेको छ । यसको फर्स्ट लुक क्यामोफ्ल्यागमा सार्वजनिक भएको छ ।

स्कोडाले काइल्याक एसयूभीमा एक लिटर इन्जिन प्रयोग गर्नेछ । एक लिटर इन्जिनमा टर्बोसहित ३ वटा सिलिन्डर छ । साथै यसमा ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन दिइने यसले १७८ एनएम टर्कको साथ ११४ बीएचपी पावर जेनेरेट गर्नेछ ।

स्कोडा काइल्याक एसयूभीमा कम्पनीले धेरै उत्कृष्ट फिचर प्रदान गर्नेछ । एलईडी लाइटका साथै यसमा शार्क फिन एन्टेना, हाई माउन्टेड स्टप ल्याम्प, रूफ रेल, नयाँ डिजाइनसहितको टेलगेट, २५ भन्दा बढी सक्रिय र निष्क्रिय फिचर, स्ट्यान्डर्डका रूपमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, हिल असिस्ट, ट्राक्सन कन्ट्रोल, आइएसओफिक्स चाइल्डल, एन्कोरेज, ८ देखि १० इन्चको इन्फोटेनमेन्ट सिस्टम जस्ता जस्ता फिचर समावेश गरिएको छ ।

स्कोडा काइल्याकको लम्बाई ३९९५ एमएम र ह्विलबेस २५६६ एमएम हुनेछ। साथै यसको ग्राउन्ड क्लियरेन्स लगभग १९० एमएम हुनेछ ।

Logo