शिवम् होल्डिङ्सले पारित गर्‍यो नगद लाभांश, आइपिओ पनि जारी गर्ने

शिवम् होल्डिङ्सले पारित गर्‍यो नगद लाभांश, आइपिओ पनि जारी गर्ने

केन्द्रबिन्दु
392
Shares

काठमाडाैं । शिवम् होल्डिङ्स लिमिटेडको साधारणसभाले ११ करोड ६० लाख रूपैयाँ नगद लाभांश पारित गरेको छ । कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ।

शिवम् होल्डिङ्समा शिवम् सिमेन्टको ८५ प्रतिशत शेयर लगानी छ ।

शिवम् होल्डिङ्सको नेपालकै सबैभन्दा ठूलो उत्पादन क्षमता भएको चिनियाँ लगानी रहेको होङ्शी शिवम् सिमेन्ट प्रालिमा ३० प्रतिशत सेयर छ । उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जल विद्युत् परियोजनाहरूमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधीकरणका योजनाहरू अगाडि बढाइएको कम्पनीले जनाएको छ।

त्यसैगरी, शिवम् होल्डिङ्सले जारी पूँजीको २० प्रतिशत बराबर हुन आउने सेयर सर्वसाधारणहरूलाई नेपाल धितोपत्र वोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन दर्ता गरिसकेको जानकारी दिएको छ।

Logo