सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च

केन्द्रबिन्दु
1.6k
Shares

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि बिहीबार १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय ५० रुपैयाँमा कारोवार भएको चाँदी आज ३० रुपैयाँले बढेर १९ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।

Logo