एभरेष्ट बैंकले मनायो ३० औँ वार्षिकोत्सव, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड सहयोग

एभरेष्ट बैंकले मनायो ३० औँ वार्षिकोत्सव, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड सहयोग

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले कार्तिक १ गते आफ्नो ३० औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । उक्त अवसरमा बैंकले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट एक करोडको आर्थिक सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रवर्धन लगायतका क्षेत्रहरूमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको बैंकले उक्त सहयोग गरेको जनाएको छ ।

कार्यक्रममा एभरेष्ट बैंकका संचालक समितिका अध्यक्ष बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा अस्पतालका अध्यक्ष प्राडा भगवान् कोइरालालाई उक्त चेक हस्तान्तरण गरेका हुन् । यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरूले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौँको सहकार्यमा प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कूल ४८ जना कर्मचारीले रक्तदान गरेका थिए । यस्तै बैंकले लामो समयसम्म बैंकमा सेवा गर्ने कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा कदर पत्र समेत वितरण गरेको छ ।

पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त लगानीमा स्थापित यो बैंकका करिब १४ लाख ग्राहक छन् । बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू र १६७ एटीएम मेशीनसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले विभिन्न ३२ स्थानबाट नेपाल सरकारको राजस्व संकलन कार्य समेत गर्दै आइरहेको छ ।

Logo