हुन्डाईले तीन वटा मोडलका नयाँ ईभी लन्च गर्दै

हुन्डाईले तीन वटा मोडलका नयाँ ईभी लन्च गर्दै

केन्द्रबिन्दु
238
Shares

काठमाडौँ । हुन्डाईले ३ वटा नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । हुन्डाई इन्डियाले आफ्नो लोकप्रिय एसयूभी क्रेटाको इलेक्ट्रिक भेरिएन्ट लन्च गर्ने तयारी गरिरहेको हो ।

मिडिया रिपोर्टका अनुसार यसको मूल्य १५ लाखदेखि १८ लाख भारुसम्म हुन सक्ने दावी गरिएको छ ।

लन्च हुने तयारीमा रहेको ४५० किलोमिटर सर्टिफाइड रेन्जको हुन्डाई क्रेटा ईभीमा ४५ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिने सम्भावना रहेको छ । यसको वास्तविक रेन्ज ३५० किलोमिटर हुने अनुमान गरिएको छ । हुन्डाई क्रेटा ईभीमा रहेको इलेक्ट्रिक मोटरले अधिकतम १३८ बीएचपी पावर र २५५ एनएमको पीक टर्क उत्पन्न गर्ने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार हुन्डाईको अर्को इलेक्ट्रिक भेरिएन्ट इन्स्टर ईभी हुन सक्ने अनुमान गरिएको छ । हुन्डाई इन्स्टर ईभी २०२६ सम्ममा उपलब्ध हुन सक्ने अनुमान छ । कम्पनीले हुन्डाई क्रेटा ईभी र इन्स्टर ईभीपछि भेन्युको इलेक्ट्रिक भेरिएन्ट पनि लन्च गर्ने सम्भावना रहेको मिडिया रिपोर्टमा छ ।

Logo