विशाल ग्रुपले कावासाकी ब्रान्डका बाइक फेरि नेपाल भित्र्याउँदै

विशाल ग्रुपले कावासाकी ब्रान्डका बाइक फेरि नेपाल भित्र्याउँदै

केन्द्रबिन्दु
546
Shares

काठमाडौँ । विशाल ग्रुपअन्तर्गतको एक कम्पनीले नेपाली बजारमा कावासाकी ब्रान्डलाई फेरि नेपाल प्रवेश गराउने भएको छ ।

आधिकारिक विक्रेता बन्न सफल भएपछि विशाल ग्रुपले नेपाली बजारमा कावासाकीका कम मूल्यका बाइक डब्ल्यू १७५ स्ट्रिट र निन्जा ३०० लगायतका बाइक उपलब्ध गराउने भएको हो ।

क्लासिक डिजाइनसहित मोडर्न इन्जिनियरिङ रहेको रेट्रो–स्टाइलको डब्ल्यू १७५ स्ट्रीट बाइकमा अलोय ह्विल र ट्युबलेस टायरसहित १७७ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ । कावासाकी निन्जा ३०० भने सुपर बाइक हो । थ्रिलिङ एक्स्पेरियन्सका लागि यसमा एबीएस, स्लिपर क्लच र लाइटवेट च्यासिस लगायतका विशेषता रहेका छन् ।

कावासाकीको एड्भेन्चर टुरिङ बाइक भर्सिस–एक्स ३०० पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ । विशाल ग्रुपले नेपाली बजारमा धेरै ब्रान्डका सवारी साधनको कारोबार गर्दै आइरहेको छ । यस ग्रुप अन्तर्गतको भीजी अटोमोबाइल्सले सुजुकी मोटरसाइकलका कारोबार गरिरहेको छ । त्यसैगरी प्यासेन्जर कार अन्तर्गत फक्सवागन, एमजी, वुलिङ, माज्दा, म्याक्सस, रेनो र जीडब्लुएम ब्रान्डको समेत आधिकारिक बिक्रेता रहेको यसले कोबेल्कोका कन्स्ट्रक्सन इक्विपमेन्ट र एसआरएमका विद्युतीय भ्यान समेत बिक्री–वितरण गरिरहेको छ । विशाल ग्रुपले भियतनामी ब्रान्ड भिनफास्ट समेत नेपाल भित्र्याउँछ ।

सन् २००० सम्म नेपाली बजारमा बिक्रीका लागि उपलब्ध कावासाकी बाइक भारतमा उत्पादन बन्द भए पश्चात् नेपाली बजारमा पनि उपलब्ध हुन छोडेका थिए ।

Logo