चांगानका दिपल एस ०७ र दिपल एल ०७ अस्ट्रेलिया प्रवेश, एस ०५ र जी३१८ पनि सार्वजनिक गरिने

चांगानका दिपल एस ०७ र दिपल एल ०७ अस्ट्रेलिया प्रवेश, एस ०५ र जी३१८ पनि सार्वजनिक गरिने

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । सेप्टेम्बरमा ११ मा दिपलले अस्ट्रेलियन ग्राहकलाई लक्षित गरी ग्राहक सम्पर्क केन्द्र, पार्ट्स वितरण र बिक्रीपछिको प्राविधिक तालिम लगायतका क्षेत्रमा अस्ट्रेलियन डिलर इन्चकेपसँग साझेदारी गरेसँगै चांगान अटोमोबाइल अन्तर्गतको प्रिमियम न्यु इनर्जी भेइकल ब्रान्ड दिपल अस्ट्रेलियामा प्रवेश गरेको छ ।

दिपलले आफ्ना दुई लोकप्रिय मोडल दिपल एस०७ र दिपल एल०७ सहित दुई भावी मोडल जी३१८ र एस०५ लिएर यसै साता अस्ट्रेलिया प्रवेश गराएको हो ।

दिपलले सेप्टेम्बरको सुरुमा साउदी अरेबियामा आधारित अटोमोबाइल ग्रुप एएल टेयर मोटर्ससँग नीतिगत साझेदारी गर्दै साउदी बजारमा आफ्नो लाइनअपलाई प्रवेश गराएको थियो । गएको जुलाईमा मेक्सिकोमा ६२० किलोमिटर र १२०० किलोमिटर रेन्ज लिने अल इलेक्ट्रिक र रेन्ज एक्टेन्डेड भर्सनमा दिपल एस०७ सार्वजनिक गरिएको थियो ।

डिजाइन र टेक्नोलोजीका कारण नेपाली बजारमा छोटो समयमै स्थापित दिपलले त्यसको केही महिनापछि नेपाली ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ ।

Logo