एड्भेन्चर टुरिङ रुचाउने राइडरले जोनसेन क्यारेरा किन्दै हुनुहुन्छ ? पाउनुहोस् यस्ता अफर

एड्भेन्चर टुरिङ रुचाउने राइडरले जोनसेन क्यारेरा किन्दै हुनुहुन्छ ? पाउनुहोस् यस्ता अफर

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । नेपाली बजारमा नयाँ बाइक जोनसेन क्यारेरा हालै भित्रिएको छ । एड्भेन्चर टुरिङ रुचाउने राइडरहरूका लागि लक्षित गरी नेपाली बजारमा भित्रिएको यो बाइक किन्दा कम्पनीले अफर उपलब्ध गराएको छ ।

२ वर्ष वा ३० हजार किलोमिटर गुड्दासम्म वारेन्टी उपलब्ध गराइएको यो बाइकको मूल्य ५ लाख ६० हजार ५ सय रुपैयाँ छ । यो बाइक किन्दा शुरुमै ५ हजार रुपैयाँ छुट उपलब्ध हुन्छ ।

कम्पनीले फेस्टिभ अफरका रूपमा उपलब्ध गराएको यो बाइक किन्दा स्क्र्याच कार्डमार्फत १० हजार रुपैयाँसम्म थप छुट हुने जनाइएको छ ।
यो बाइकमा २२० सीसीको इन्जिन छ । यसमा डिजिटल मिटर, फुल एलईडी लाइट, २०० एमएमको ग्राउन्ड क्लियरेन्स र फराकिला टायर छन् ।

ज्योति ग्रुप अन्तर्गतको स्यामुकापु ट्रेडिङले नेपाली बजारमा यो मोटरसाइकल बिक्री वितरण गरिरहेको छ । पुरानो कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग साट्नका लागि अन द स्पट फाइनान्स र एक्सचेन्जको समेत सुविधा रहेको छ । नेपाली बजारमा जोनसेन नयाँ ब्रान्ड हो ।

जोनसेनले विश्वका ८० भन्दा बढी राष्टमा वार्षिक ३ लाख बढी मोटरसाइकल निर्यात गर्दै आएको छ । इलेक्ट्रिक टु–ह्विलर समेत बिक्री गर्ने जोनसेनले ७० लाखभन्दा बढी कम्पोनेन्ट उत्पादन गर्दै आएको छ । सन् १९९६ देखि मोटरसाइकल उत्पादन गर्दै आएको जोनसेन चीनको उत्कृष्ट ५०० इन्टरप्राइजेज तथा ३० अटोमोबाइल कम्पनीमा सामेल रहेको जनाइएको छ ।

Logo