मलेसियामा श्रमिकको न्यूनतम तलब बढाएर १७०० रिंगेट पुर्‍याइयो

मलेसियामा श्रमिकको न्यूनतम तलब बढाएर १७०० रिंगेट पुर्‍याइयो

केन्द्रबिन्दु
280
Shares

काठमाडौँ । मलेसिया सरकारले आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ ।

मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले न्यूनतम पारिश्रमिक २०० रिंगेटले बढाउने घोषणा गरेका हुन् ।

हाल त्यहाँ श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ । मलेसियाले तलब बढाउँदा यसको फाइदा नेपाली श्रमिकहरूका लागि पनि हुनेछ ।

Logo