समता घरेलु लघुवित्तको एफपीओ कार्तिक १२ गतदेखि निष्कासन हुने, कतिसम्म दिने आवेदन ?

समता घरेलु लघुवित्तको एफपीओ कार्तिक १२ गतदेखि निष्कासन हुने, कतिसम्म दिने आवेदन ?

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) कार्तिक १२ गतेदेखि बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँका दरले उक्त कित्ता एफपीओ जारी हुनेछ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

साविकको मनकामना स्मार्ट लघुवित्तलाई गाभेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग सेयरका लागि सर्वसाधारणका लागि एफपीओ जारी गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

उक्त कम्पनीलाई धितोपत्र बोर्डले असोज २९ गते एफपीओ निष्कासन स्वीकृत दिएको थियो । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने बताइएको छ ।

लगानीकर्ताले लघुवित्तको एफपीओमा कार्तिक २० गतेसम्म आवेदन दिइसक्नुपर्ने हुन्छ । तर, उक्त मितिसम्म लघुवित्तको एफसीओमा आवेदन नपरे ढिलोमा कार्तिक २६ गतेसम्म बिक्री खुला हुनेछ ।

हाल लघुवित्तको चुक्ता पुँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ भने एफपीओ निष्कासन पश्चात् लघुवित्तको चुक्ता पुँजी ५९ करोड ९० लाख रुपैयाँ पुग्नेछ । अनलाइन प्रणाली मेरो सेयर तथा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट एफपीओ भर्न सकिनेछ ।

Logo