शिखर इन्स्योरेन्सको सीईओमा दीपप्रकाश पाण्डे नियुक्त

शिखर इन्स्योरेन्सको सीईओमा दीपप्रकाश पाण्डे नियुक्त

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपप्रकाश पाण्डे नियुक्त भएका छन् । कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ पदमा पाण्डेलाई पुनः नियुक्त गरेको हो ।

पदावधि सकिनै लाग्दा उनी पुनः कम्पनीको सीईओमा नियुक्त भएका हुन् । बीमा क्षेत्रमा लामो समयदेखि सक्रिय पाण्डे सीईओको पदमा चार वर्षको कार्यकालका लागि नियुक्त भएका छन् ।

पाण्डे नेपाली निर्जीवन बीमा क्षेत्रमा उत्कृष्ट बीमा सेवा प्रवाह गराउन सक्ने सक्षम तथा कुशल व्यक्ति हुन् ।

Logo